गृहपृष्ठ खबर कपिलवस्तुमा चट्याङ लागेर ४ बर्षीय बालकको मृत्यु

कपिलवस्तुमा चट्याङ लागेर ४ बर्षीय बालकको मृत्यु

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा चट्याङ लागेर ४ बर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको बुद्धभुमी नगरपालिका वडा नः ३ रनगाई बस्ने श्रीराम थारुका छोरा साजन थारुको चट्याङ लागेर मृत्यु भएको हो ।

बिहिबार साझ ६ बजे परिवारसगं खेतबाट घर भर्कने क्रममा चट्याङ लागेको थियो ।

लगत्तै परिवारले उनलाई उपचारका लागी जिल्ला अस्पताल तौलीहवा लगेकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

उनी नेपाल राष्ट्रीय माध्यमिक बिद्यालय रनगाइमा कक्षा नर्सरीमा अध्ययरत थिए ।

सम्बन्धित् समाचार