गृहपृष्ठ Featured सुतेकै ठाउँमा मृत भेटिए कैदी

सुतेकै ठाउँमा मृत भेटिए कैदी

खोटाङका एक कैदीको सुतेकै ठाउँमा मृत्यु भएको छ।

जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका निशान राई मृत भेटिएका कारागार प्रशासनले जनाएको छ।

मध्यराति बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल जिल्ला अस्पताल दिक्तेल लगिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिए।

असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका उनको मृत्युको कारण खुलेको छैन।

खोटाङकै साकेला गाउँपालिका–४ मात्तिम पारुङ घर भएका राई सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए। सुतेकै

अस्पताल ल्याउदा नै  राईको मृत्यु भइसकेको डा. पुष्कल राईले बताए।

सम्बन्धित् समाचार