गृहपृष्ठ खबर ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना

ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना

नेपालगन्जमा ग्यास लुकाएको पाइएपछि एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो।

स्टोरले ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि आफूहरु त्यहाँ पुग्दा ग्यास भेट्टाएको गुरुङले बताए।

अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको थियो।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो ग्यास पसललाई रु ५० हजार जरिवाना गरिएको हो। अनुगमन टोलीले किराना पसलबाट अखाद्य केही साम्रग्रीसमेत फेला पारेको छ।

बजारमा ग्यासलगायत उपभोग्य सामग्रीमा अनियमितता भएको गुनासो आउन थालेपछि स्थानीय प्रशासनको सक्रियतामा केही दिनयतादेखि बजार अनुगमन हुँदै आएको छ।

केही दिनदेखि बजारमा खाना पकाउने ग्यास अभाव देखिँदै आएको छ।

सम्बन्धित् समाचार