काठमाण्डौ — प्रधानमन्त्री वालेन्द्र शाहले भारत र चीनका राजदूतसँग आज एक्लाएक्लै भेटवार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका छन् ।
यसअघि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत एवम् भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो ।







