गृहपृष्ठ कपिलवस्तु बिशेष अन्तर्राष्ट्रिय युवा दिवसमा आज कपिलवस्तुमा सद्भाव र परिवर्तनको सन्देशसहित कार्यक्रम हुदै

अन्तर्राष्ट्रिय युवा दिवसमा आज कपिलवस्तुमा सद्भाव र परिवर्तनको सन्देशसहित कार्यक्रम हुदै

वैखरी अनलाइन, कपिलवस्तु ।

अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा आज कपिलवस्तुमा सद्भाव, एकता र परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

‘हाम्रो धर्मभन्दा माथि हाम्रो देश नेपाल’ भन्ने नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मायादेवी र शुद्धोधन गाउँपालिका समितिको आयोजनामा कार्यक्रम हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुका जिल्ला सहसचिव इन्जिनियर देवेन्द्र शर्माले जानकारी दिए ।

कार्यक्रममा कपिलवस्तुका युवा तथा आम नागरिकलाई सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ । युवाहरूलाई एकजुट गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रम आज साँझ ५ बजे पकडी र लवनीमा आयोजना हुनेछ । कार्यक्रममा कपिलवस्तुका विभिन्न क्षेत्रबाट युवा तथा नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

आयोजकले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी भई सद्भाव, एकता र परिवर्तनको अभियानमा साथ दिन सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित् समाचार