गृहपृष्ठ खबर चोरीका गहना खरिद गर्ने दुई जना सुन चाँदी पसले पक्राउ

चोरीका गहना खरिद गर्ने दुई जना सुन चाँदी पसले पक्राउ

चोरीका सुन चाँदीका गहना खरिद गरेको आरोपमा प्रहरीले दुई जना सुन चाँदी व्यवसायीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१ स्थित दिप लक्ष्मी सुन चाँदी पसलका सञ्चालक वर्ष ३३ को डिल बहादुर रसाईली र मन्थली नगरपालिका–१ स्थित सुविना सुन चाँदी पसलका सञ्चालक वर्ष २८ निशा विश्वकर्मा रहेका छन्।

पीडित अस्मिता श्रेष्ठ माझीको सुनका गहना चोरी भएपछि प्रहरीले अनुसन्धानका क्रममा मैया कार्कीलगायतलाई पक्राउ गरेको थियो। बयानको क्रममा कार्कीले रसाइली र विश्वकर्माले सञ्चालन गरेको सुन चाँदी पसलमा चोरीका गहना बिक्री गरेको बयान दिएकी थिइन्।

डिलबहादुर रसाईलीको पसलबाट पीडितको कानबाट मैया कार्कीले झिकेको ४२ लाल २ प्वाईन्ट तौल भएको सुनको रिङ् थान २ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिविरुद्ध रामेछाप जिल्ला अदालतबाट सात दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार