फाइल फोटो
काठमाण्डौ – भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ ।
आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि भोलि शनिवार राति १ बजेदेखि सोमबार राति १ बजेसम्म ४८ घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचनामार्फत् जनाएको छ । बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्छ ।
महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको हो ।







