गृहपृष्ठ Featured चीन भ्रमणमा रहेका रास्वपा सांसदहरूको संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ

चीन भ्रमणमा रहेका रास्वपा सांसदहरूको संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ

काठमाण्डौ – चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको विवादास्पद राजनीतिक संवाद सार्वजनिक भएको छ ।

चीनको प्रविधि प्रदर्शनीमा रोबोट अवलोकन गरिरहेका बेला सार्वजनिक भएको संवादमा उनीहरुले नेपाली कांग्रेसको आन्तरिक विवाद र एमाले नेतृत्वको विषयमा छलफल गरेको सुनिन्छ । कुराकानीका क्रममा उनीहरूले ‘कांग्रेस देउवाको हातमा जानुपर्छ’ भन्दै शेरबहादुर देउवाले पार्टीको आधिकारिकता पाए आफूहरूलाई फाइदा हुने बताएका छन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलगायतको राजनीतिक अवस्थाबारे पनि उनीहरूले कुराकानी गरेका छन् । कुराकानीमा उनीहरुले भनेका छन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर देउवाकोमा मान्यता जानुपर्छ स्थानीय चुनावसम्म । र ओलीलाई पनि रोक्नुहुन्न । किनभने डबल चर्को भएर निस्कनुपर्छ ओली र महेश बस्नेत ।’

आफूहरूले पनि काम गरेर देखाउन नसके भविष्यमा त्यस्तै राजनीतिक परिस्थितिमा पुग्न सक्ने आशयको अभिव्यक्तिसमेत भिडियोमा सुनिन्छ ।

विवादास्पद अडियो सार्वजनिक भएपछि रास्वपा सांसद श्रीराम न्यौपानेले त्यसबारे फेसबुकमा स्पष्टीकरण दिंदै आफ्नो र सांसदहरूबीच भएको अनौपचारिक छलफलको निष्कर्ष नागरिकको विश्वास कामबाट प्रमाणित गर्नुपर्ने रहेको दाबी गर्नुभएको छ ।  चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाको २० सदस्यीय टोली अहिले चीन भ्रमणमा छ ।

सम्बन्धित् समाचार