गृहपृष्ठ Featured आज ओलम्पिक पदक विजेता पलेसा नेपाल आइपुग्दै

आज ओलम्पिक पदक विजेता पलेसा नेपाल आइपुग्दै

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्धनलाई बुधबार नगर परिक्रमा गराउँदै छ । पेरिस पारा ओलम्पिकमा तेक्वान्दोअन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजी तौल समूहमा कांस्य जितेकी पलेसाले बुधबार बिहान आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछिन् ।

कीर्तिमानी खेलाडीको नगर परिक्रमा राखेपले आफ्नो सबै कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

राखेपका अनुसार त्रिभुवन विमानस्थलमा पलेसा ओर्लेपछि खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले स्वागत गर्नेछन् ।

विमानस्थलको भिभिआइपी कक्षमा उनको भव्य स्वागतपछि राखेपले नेपाली पारा ओलम्पिक टोलीको नगर परिक्रमा गराइने राखेपका सूचना अधिकृत खुशराज दाहालले नयाँ पत्रिकालाई बताएका छन् ।

सम्बन्धित् समाचार