यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखले पीएसजीलाई स्तब्ध पारेको छ । गए राति भएको खेलमा बायर्न १-० ले विजयी भएको हो ।
बार्यनका लागि खेलको ३८औँ मिनेटमा किम मिन जाएले गरेको गोल निर्णायक बन्दा पीएसजी १-० ले पराजित भएको थियो । पीएसजीका ओसमाने डेम्बेले ५६औँ मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।
अर्को खेलमा स्लोभान ब्राटिस्लभालाई एसी मिलानले ३-२ गोलअन्तरले पराजित गरेको छ भने स्पार्टा प्रहाविरुद्ध एट्लेटिको मड्रिड ६-० ले विजयी भएको छ ।








