गृहपृष्ठ खबर बाणगंगा : ७औं पटक हेमराज मावि हथौसाले जित्यो राष्ट्रपति रनिङ्गशिल्डको उपाधि

बाणगंगा : ७औं पटक हेमराज मावि हथौसाले जित्यो राष्ट्रपति रनिङ्गशिल्डको उपाधि

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको ७औं नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि हेमराज माध्यमिक विद्यालय हथौसाले जितेको छ । शुक्रबार बुद्धरंगशालामा सम्पन्न भएको उक्त प्रतियोगिताको उपाधि हेमराजले लगातार ७औं पटक जितेको हो ।

हेमराजले २२ स्वर्ण, १ रजत र ३ कास्यसहित उपाधि जितेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिए । उपाधि जितेसंगै हेमराजले नगद ७५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

शाखा प्रमुख जिसीका अनुसार महेन्द्र मावि कोपवा ४ स्वर्ण, १० रजत र २ कास्यसहित द्धितीय भएको छ भने ४ स्वर्ण, ६ रजत र ४ कास्यसहित
बाणगंगा २ पिपरामा रहेको हिलबर्ट इङ्गलीश बोडीङ स्कुल तृतीय भएको छ । द्धितीय र तृतीय हुने विद्यालयले क्रमश ३० हजार, १५ हजार हात पारेका छन् ।

प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले यस प्रतियोगितामार्फत खेलाडीहरुले आआफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे । उनले खेलाडीहरुको खेल सिपमा निखार्ता ल्याउन यस प्रतियोगिता महत्वपूर्ण सावित भएको बताए ।

 

यस प्रतियोगिताले क्षमतावान खेलाडी पहिचान गरेको र आगामी दिनमा ति खेलाडी राष्ट्रिय स्तरमै चम्किने उनको विश्वास छ । उनले अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उपप्रमुख रिता कुमारी चौधरीले खेलप्रति रुचि भएकाहरुलाई खेलकुदमै भविष्य बनाउने गरि कडा परिश्रम गरेर अघि बढ्न आग्रह गरिन् । त्यसका लागि नगरले आवश्यक पहल र सहयोग गर्ने उनले प्रतिवद्धता जनाईन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले माघ २७ गते आईतबारदेखि फागुन ३ गतेसम्म मेयर कप हुने जानकारी दिए । उनले फागुन ५ देखि ७ गतेसम्म उपप्रमुख कप खुला महिला भलिवल प्रतियोगिता हुने बताए ।

उक्त प्रतियोगिताको विजेता हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र चौथो हुनेले १० हजार प्राप्त गर्ने उनले जानकारी दिए ।

सम्बन्धित् समाचार