इङ्लिस प्रिमियर लिगको जारी सिजनको शीर्ष स्थानमा रहेको लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग ११ अंकको अग्रता कायम गरेको छ । २७ खेल खेलेको लिभरपुलले ६४ अंक जोडेको छ भने एक खेल कम खेलेको आर्सनल ५३ अंकका साथ दोस्रो स्थानमा छ ।
गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई पराजित गरेसँगै लिभरपुलले ३ अंक बटुल्दै आर्सनलसँगको दूरी फराकिलो पारेको हो । लिभरपुलको जितमा खेलको १४औँ मिनेटमा मोहम्मद सलाह र ३७औँ मिनेटमा डोमिनिकले गोल गरे ।
अंकतालिकाको तेस्रो स्थानमा रहेको नोटम फरेस्टको ४७ अंक छ भने चौथो स्थानको म्यानमेस्टर सिटीले ४४ अंक बटुलेको छ । न्युकासल भने ४४ अंकका साथ पाँचौँ स्थानमा छ ।








