गृहपृष्ठ Featured दिल्लीसँग सुपर ओभरमा राजस्थान स्तब्ध

दिल्लीसँग सुपर ओभरमा राजस्थान स्तब्ध

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेल सुपर ओभरमा पुगेको छ । दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीचको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको हो । सुपर ओभरमा पुगेको खेलमा दिल्लीले राजस्थानलाई पराजित गर्‍यो ।

दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले पनि ४ विकेटको क्षतिमा १८८ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

यससँगै अंकतालिकामा दिल्ली क्यापिटल्स ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । ७ खेल खेलेको राजस्थान भने ४ अंकसहित आठौँ स्थानमा छ ।

अंकतालिकाको दोस्रो स्थानमा गुजरात टाइटन्स छ भने तेस्रो स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरु छ । त्यस्तै चौथो स्थानमा भने पन्जाब किङ्स रहेको छ । आईपीएलमा आज राति पौने ८ बजे हुने खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद आमनेसामने हुनेछन् ।

सम्बन्धित् समाचार