गृहपृष्ठ Featured च्याम्पियन्स लिग : रियल मड्रिडलाई रोक्दै सेमीफाइनलमा आर्सनल

च्याम्पियन्स लिग : रियल मड्रिडलाई रोक्दै सेमीफाइनलमा आर्सनल

स्पेनिस रियल मड्रिडलाई रोक्दै इङ्लिस क्लब आर्सनल यूईएफए च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ ।

गए राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा आर्सनलले रियलमाथि २-१ को जित निकाल्यो ।

योसँगै आर्सनलले क्वाटरफाइनलमा रियल मड्रिडविरुद्ध समग्रमा ५-१ को जित निकालेको हो । आर्सनललाई जिताउन खेलको ६५औँ मिनेटमा बुकायो साका र इन्जुरी समयमा गाब्रिएल मार्टिनेलीले गोल गरे । रियल मड्रिडका लागि भिनिसियस जुनिएरले ६७औँ मिनेटमा गोल गरे पनि पराजय टार्न सकेनन् ।

यससँगै आर्सनलले सेमीफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको भेट पक्का गरेको छ । जारी सिजनमा रियल मड्रिडको च्याम्पियन्स लिग यात्रा भने टुंगिएको छ ।

सम्बन्धित् समाचार