इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले न्युकासललाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति भएको खेलमा एस्टन भिल्ला ४-१ गोलअन्तरले विजयी भएको हो ।
एस्टन भिल्लाको जितमा ओलिए वाट्किन्सले पहिलो मिनेटमै गोल गरे । त्यस्तै इयान माट्सेनले ६४औँ र अमाडोउ ओनानाले ७५औँ मनेटमा गोल गर्दा ७३औँ मिनेटमा एस्टन भिल्लाले एक गोल आत्मघातीका रूपमा उपहार पाएको थियो ।
उता खेलको १८औँ मिनेटमा न्युकासलका लागि फाबियन स्चरले गोल गरे पनि एस्टन भिल्लासँगको पराजय भने टार्न सकेनन् ।
लिगअन्तर्गको अर्को खेलमा ब्रेनफोर्डले ब्रिङ्टनलाई ४-२ ले पराजित गरेको छ भने साउथम्पटन र वेस्टहामबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ । उता क्रिस्टल प्यालेस र बर्नमाउथबीचको खेल भने गोलरहीत बराबरीमा सकियो ।








