स्पेनिस ला लिगामा ओसासुनाले भालाडोलिडलाई स्तब्ध पारेको छ । गए राति भएको खेलमा ओसासुना ३-२ ले विजयी भएको हो ।
ओसासुनाका लागि एन्टे बुडीमिरले नवौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले ६०औँ मिनेटमा पाएको पेनाल्टी पनि सदुपयोग गरे भने ३४औँ मिनेटमा रुबेन ग्रासिया सान्टोसले ओसासुनाका लागि गोल गरे ।
उता भालाडोलिडका लागि राउल मारोले ४९औँ मिनेटमा गोल गरे मामाडोउ सिलाले ६६औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरे पनि पराजय टार्न सकेनन्
लिगमा सेभिल्ला र एल्भस्ले १-१ गोलको बराबरी खेल्दा भिल्ला रियल र रियल सोसिडाडबीचको खेल पनि २-२ गोलको बराबरीमा सकियो ।








