गृहपृष्ठ Featured आईपीएल क्रिकेटमा मुम्बईले राजस्थानलाई एक सय रनले हरायो

आईपीएल क्रिकेटमा मुम्बईले राजस्थानलाई एक सय रनले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई एक सय रनले पराजित गरेको छ ।

हिजोको खेलमा मुम्बईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर एक बलमा १ सय १७ रनमा अलआउट भयो ।

राजस्थानका लागि बलर जोफ्रा आर्चरले ३० रन बनाए । मुम्बईका लागि करण शर्मा र टेन्ट बोल्टले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।

त्यसअघि जयपुरको स्वामी मानसिंह स्डेडियममा राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।

ओपनर रायन रिकल्टले ६१ रन र रोहित शर्माले ५३ रन बनाए । राजस्थानका महेश थीक्षाना र रियान परागले समान एक विकेट लिए ।

जीतसँगै मुम्बई ११ खेलमा १४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ । ११ खेलमा ६ अङ्कका साथ आठौं स्थानमा रहेको राजस्थानको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स  र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

सम्बन्धित् समाचार