गृहपृष्ठ Featured लियो क्लव अफ कपिलवस्तुद्धारा ७० बर्षे मेहेनती गोले थारु सम्मानित

लियो क्लव अफ कपिलवस्तुद्धारा ७० बर्षे मेहेनती गोले थारु सम्मानित

लियो  क्लव अफ कपिलवस्तुले आज एक कार्यक्रमकाबिच बाणगंगाका एक बृद्धलाई सम्मान गरेको छ । बाणगंगाको वडा नः ५ मा बस्ने बर्ष ७० का मेहेनती गोले थारुलाई उनकै घरमा लियोले सम्मान गरेको हो । गोले थारुले बिगत २० बर्षबाट साइकलमा तरकारी बोकी बाणंगगा नगरपालिकाका विभिन्न स्थान लगी बेचेर आफनो घर परिवार चलाउदै आएका छन । गोले थारु दैनिक रुपमा बिहान ९ बजे उठेर घाउघरमा तरकारी खरिद गरी साझ ५÷६ बजेसम्म बिक्रिका लागी डुल्ने गरेका छन ।

उनको शारीरिक अवस्थाका कारण साइकलमा तरकारी लोड गरेको अवस्थामा साइकल चलाउन नसक्ने हुनाले उनी दिनर हिडरै तरकारी बेच्ने गरेका छन । गोले थारुको नियमित मेहेनत समाजका लागी उदारणीय रहेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष कुमार खडकाले सो अवसरमा बताए । सो अवसरमा गोले थारुको मेहेनतका बिषयमा बरिष्ठ समाजसेवि ज्ञानु कार्की, देवनाथ थारु, लियो क्लवका अध्यक्ष हरी ढुङगाना, सचिव सागर बञ्जाडे लगायतले आआफनो धारणा राखेका थिए ।

काे हुन गाेले थारू ? (भिडियाेमा)

सम्बन्धित् समाचार