काठमाडौँ ।
शिक्षा मन्त्रालयले विद्यालयका शिक्षक तथा कर्मचारीलाई कार्यालय समयमा तोकिएको पोशाकमा टिकटकलगायतका भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ।
शिक्षक र कर्मचारीले कार्यालय समयमा टिकटक भिडियो वा बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पार्ने खालका सामग्री पोष्ट गरेको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले त्यस्तो पोस्ट नगर्न निर्देशन दिइएको हो।









