गृहपृष्ठ Featured डेम्बेलेले जिते पहिलो ‘बालोन डि’ओर’

डेम्बेलेले जिते पहिलो ‘बालोन डि’ओर’

पेरिस सेन्ट-जर्मेन (पीएसजी) तथा फ्रान्सेली स्ट्राइकर उस्मान डेम्बेलेले पहिलो पटक ‘बालोन डि’ओर’ जित्न सफल भएका छन्। फ्रेन्च क्लब पीएसजीले गत सिजन च्याम्पियन्स लिगसहित ‘ट्रेबल’ उपाधि हात पार्दा डेम्बेलेले उत्कृष्ट प्रदर्शन गरेका थिए।

२८ वर्षीय फरवार्ड डेम्बेलेले गत सिजन पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए। उनको अद्वितीय प्रदर्शनकै कारण टोलीले च्याम्पियन्स लिग, लिग–१ र फ्रेन्च कप जित्न सफल भयो।

सम्बन्धित् समाचार