गृहपृष्ठ Featured मुग्लिन-नारायणगढखण्ड : तुइन खोलामा फेरि पहिरो खस्दाँ दुईतर्फी अवरुद्ध

मुग्लिन-नारायणगढखण्ड : तुइन खोलामा फेरि पहिरो खस्दाँ दुईतर्फी अवरुद्ध

१४ असोज, काठमाडौं ।

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक पुन: पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

मंगलबार साँझ ७ बजेतिर फेरि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक यसअघि कै स्थानमा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला नजिक पहिलेकै स्थानमा माथिबाट लेदो खसेको छ ।

सम्बन्धित् समाचार