गृहपृष्ठ खबर लुम्बिनीमा मंसिर ८ मा हिउँदे अधिवेशन बोलाउन सिफारिस

लुम्बिनीमा मंसिर ८ मा हिउँदे अधिवेशन बोलाउन सिफारिस

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सएक मन्त्रीले बताए ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेश सभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरूको सेवा-सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन्। त्यसैगरी, दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ।

त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन्। लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो।

सम्बन्धित् समाचार