प्रहरीले तीनवटा भैसी, ११ वटा पाडीसहित विभिन्न अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद गरेको हो ।
बरामद गरी नियन्त्रणमा लिइएका सामान आवश्यक कारबहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ । जिप्रकाबाट खटिएको प्रहरी टोलीले बुधबार रोहिणी गाउँपालिका वडा ३ बाट तीन वटा भैंसी, ११ वटा पाडी, रेडिमेट उलान कुर्ता ६० पिस, सिलाउने उलान कुर्ता ३० पिस, लेडिज पछयाैरा ४० पिसलगायतका सामानहरु अन्दाजी ४ लाख ५१ हजार रुपैया बराबरको सामान तथा भैसी, पाडीहरु वेवारिसे अबस्थामा बरामद गरेको हो ।








