काठमाडौं महानगरपालिका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्। सोमबार आयोग पुगेर मेयर शाहले भदौ २३ र २४ गतेको घटनाबारे बयान दिएका हुन्।
भदौ २३ र २४ गतेको घटनाबारे मानव अधिकार आयोगले पनि अनुसन्धान गरिरहेको छ।
त्यही क्रममा मेयर शाह बयानका लागि आएको आयोगको एक उच्च अधिकारीले जानकारी दिए।








