गृहपृष्ठ खबर विप्लवले १८ वर्षपछि गरे मतदान

विप्लवले १८ वर्षपछि गरे मतदान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रक चन्द ‘विप्लव’ले मतदान गरेका छन्।

रोल्पाको परिवर्तन गाउँपालिका– ३ थुनिकोटस्थिति बालशिक्षा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनपछि विप्लवले यसपटक मतदान गरेका छन्।

२०७०, ०७४ र ०७९ मा निर्वाचन बहिस्कार गरेका विप्लवको पार्टी यस पटक निर्वाचनमा सहभागी भएको छ।

सम्बन्धित् समाचार