एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्युठानमा आज बिहान १० बजे मतगणना सुरु गरिने भएको छ।
बिहीबार जिल्ला सदरमुकाम मतपेटिका पुर्याउँदा राति ११:३० बजेकाले सर्वदीलय बैठकले आज बिहान १० बजे मतगणना सुरु गर्ने निर्णय गरेको हो।
यहाँ कुल ८४ हजार ७३७ मत खसेको छ।
यस क्षेत्रमा नेकपा एमालेका सूर्य थापा, नेपाली कांग्रेसका डा गोविन्द पोखरेल र रास्वपाका सुशान्त बौदिकबिच मुख्य प्रतिस्पर्धा हुनेछ।








