गृहपृष्ठ Featured नेपाल किसान ट्रेक्टर समिति कपिलवस्तुको २१ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल किसान ट्रेक्टर समिति कपिलवस्तुको २१ औं वार्षिक साधारण सभा सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल किसान ट्रेक्टर समिति बाणगंगा–८, कपिलवस्तुको २१ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। उक्त साधारणसभा सोमबार समितिको आफ्नै भवनमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि चक्रपाणी अर्याल ले व्यवसायीहरूले समयअनुसार आफ्नो व्यवसायलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधि र व्यवस्थापन सुधारमार्फत प्रतिस्पर्धात्मक क्षमता बढाउन आवश्यक रहेको बताउनुभयो।

समितिका अध्यक्ष झविन्द्र खनाल ले संस्थाको विकास, सदस्यहरूको हित तथा सेवा विस्तारमा समिति निरन्तर लागिरहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रममार्फत किसान तथा व्यवसायीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा अन्य वक्ताहरूले पनि ट्रेक्टर व्यवसायलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउँदै लैजानुपर्नेमा जोड दिँदै समितिको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने धारणा राखेका थिए।

सम्बन्धित् समाचार