कपिलवस्तु १२ बैशाख
नेपाल चाइना फ्रेन्डसिप फोरमको सहयोगमा कपिलवस्तु नगरपालिका वार्ड नं ३ डेरवा स्थित सिद्धार्थ गौतम बुद्ध गुम्बा प्राविमा निर्माण गरिएको दोस्रो तलामा दुई कोठे भवनको उदघाटन गरिएको छ ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, फोरम कि अध्यक्ष झ्याउ मेलिङ वडा अध्यक्ष प्रकाश गैरे लगायतको टोलीले भवनको उद्घाटन गरेका हुन् । यस्तै विद्यालयमा रहेका १६० विद्यार्थीलाई स्कुल ब्याग समेत हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा मेयर पौडेलले फोरमको सयोगले ठुलो प्रेरणा मिलेको र बालबालिकाको उज्जवल भबिष्य निर्माणमा यो कार्य उत्कष्ठ रहेको बताए । उनले यस क्षेत्रका शिक्षक शिक्षिकालाई सिकाई र अध्ययन अवलोकनलागि समेत फोरमले पहल गर्न उनले आग्रह समेत गरे । सो अवसरमा फोरम कि अध्यक्ष झ्याउ मेलिङले चिन नेपालको असल मित्रका रुपमा सधै रहदै आएको बताईन ।
बालबालिकाको पढन पाउने अधिकारको सुनिश्चिताकालागि आफुहरुले यो सानो सहयोग गरेका बताईन । उनले यस्तो सहयोग निरन्तर जारी रहेको उनले प्रतिबद्धा समेत ब्यक्त गरिन । फोरमले विद्यालयमा फर्निचर शौचालय लगायतका निर्माणसमेत गरेको विद्यालयकी प्रधानाध्यापक शारदा आचार्यले जानकारी दिईन । सो अवसरमा जग्गादाता सुनिल ज्ञवालीलाई समेत सम्मानित गरिएको थियो । यस्तै बिद्यालयका शिक्षिकाहरुलाई समेत सम्मानित गरिएको थियो ।








