गृहपृष्ठ खबर प्लाष्टिकमुक्त अभियानमा गजेहडा खानेपानी : उपभोक्तालाई वातावरणमैत्री झोला वितरण सुरु

प्लाष्टिकमुक्त अभियानमा गजेहडा खानेपानी : उपभोक्तालाई वातावरणमैत्री झोला वितरण सुरु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ र ४ मा रहेको गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले पूर्ण सरसफाइ अभियान अन्तर्गत प्लाष्टिकमुक्त अभियान सुरु गर्दै उपभोक्तालाई वातावरणमैत्री झोला वितरण थालेको छ ।

सोमबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले प्लाष्टिकजन्य वस्तुको अत्याधिक प्रयोगले वातावरणमा गम्भीर असर परेको बताउँदै स्थानीय तह, संघसंस्था र नागरिक सबैको साझा प्रयासबाट मात्रै  बाणगंगालाई पूर्णसरसफाईयुक्त पालिका घोषणा गर्न सकिने बताउनुभयो ।

उहाँले वातावरण संरक्षणका लागि यस्ता अभियान प्रभावकारी हुने उल्लेख गर्दै वातावरणमैत्री झोलाको प्रयोगलाई आफ्नो दैनिकी जीवनसंग जोड्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै खानेपानी समितिका अध्यक्ष राजकुमार खाँणले पूर्ण सरसफाइ अभियानलाई व्यवहारमा उतार्ने उद्देश्यले वातावरणमैत्री झोला वितरण सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले प्लाष्टिकमुक्त समाज निर्माणका लागि उपभोक्ताको साथ र सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा समेत सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा आबद्ध करिब १ हजार ७ सय घरपरिवारलाई वातावरणर्मत्री झोला वितरण गर्ने जानकारी समेत दिनुभयो ।

उक्त कार्यक्रममा खानेपानी महासंघका केन्द्रिय सदस्य विश्व कार्की, बाणिगंगा नगरपालिकाका खानेपानी शाखा प्रमुख नविन पाण्डे, खानेपानी महासंघका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाह लगायतका आतिथ्यता रहेको कार्यक्रमको संचालन बुद्ध शाहीले गर्नुभएको थियो भने स्वागत मन्तव्य खानेपानीका सहसचिव खिलराज शर्माले गर्नुभएको थियो ।

खानेपानी समितिले अभियान अन्तर्गत उपभोक्तालाई प्लाष्टिक झोलाको विकल्प प्रयोग गर्न प्रेरित गर्दै वातावरण संरक्षण र सरसफाइमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित् समाचार