गृहपृष्ठ खबर बिहानै बस दुर्घटना , १२ जनाको घटनास्थलमै मृत्यु

बिहानै बस दुर्घटना , १२ जनाको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोक — जिल्लामा आइतबार बिहान बस दुर्घटना भएको छ । कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रु बस अरनिको राजमार्गअन्तर्गत लामोसाँघु जिरी सडकको ५ किलोबाट खसेको हो ।

घटनास्थलमा रहेका प्रहरीले अहिलेसम्म १२ शव भेटिएको बताए। ‘अहिलेसम्म १२ वटा शव भेटिएको छ, अरु खोजी कार्य भइरहेको छ,’ घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी राधेश्याम जंगमले कान्तिपुरसँग भने।

प्रहरीका अनुसार ४० यात्रु सवार बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ। घटनास्थलमा स्थानीय, प्रहरीले उद्धार कार्य सुरु गरेका छन्।

सम्बन्धित् समाचार