हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरानबीच युद्ध शुरु भएयताकै ठूला आक्रमणहरु भएका छन् ।
विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको २५ प्रतिशत पैठारी हुने हर्मुजमा दुवै देशले एक–अर्काका पानीजहाजमा आक्रमण गरेपछि त्यहाँ ६ महिना यताकै ठूलो तनाव देखिएको रोयटर्सले जनाएको छ ।
यसलाई युद्ध शुरु भएको ६ महिनापछि दुवै पक्षबाट समुद्री यातायातलाई लक्ष्य गरी भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ । आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ ।
गएको जुलाईपछि पहिलोपटक ब्रेन्टको मूल्य १०० डलरमाथि पुगेको हो । अमेरिकी सेनाले पाँचवटा इरानी तेल ट्यांकर नष्ट गरेको भिडियोसमेत सार्वजनिक गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार ती कारबाही आइआरजिसीले अमेरिकी नौसेनाको युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट दुईपटक लक्ष्य गरेपछि जबाफी कारबाहीका रूपमा गरिएको हो ।







