बाँके। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मध्यरातमा भएको दुर्घटनामा २१ जना घाइते भएका छ्न ।
बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते एक जनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । मृतकको नामावली संकलन भइसकेको छैन । भेरी अस्पतालको शव गृहमा शव राखिएको छ ।








