गृहपृष्ठ खबर संघीय निजामति बिधेयक पुर्ण छैन ः महासचिव पौडेल

संघीय निजामति बिधेयक पुर्ण छैन ः महासचिव पौडेल

संघीय संसदको राज्य ब्यवस्था तथा सुशासन समितिबाट सोमबार पास भएको बिधेयक पुर्ण नभएको स्थानिय तह  कर्मचारी युनियनका महासचिव राम प्रसाद पौडेलले बताएका छन । आफना जायज मागलाई पनि सम्बोधन नगरेको भन्दै युनियनले बिज्ञप्ती निकाल्दै आपत्ती समेत जनाएको छ । मागलाई तत्काल सम्बोधन गर्न महासचिव पौडेलले आग्रह समेत गरेका छन ।

 

युनियनले समायोजन ऐनको मापदण्ड अनुसार समायोजन भएका कर्मचारी सरह एउटै पाठ्यक्रम, परिक्षा प्रणाली र मापदण्ड अनुसार नियुक्त भएका साविकमा स्थानीय तहमा काम गर्ने कर्मचारीहरुलाई पनि समायोजन गर्नु पर्ने माग गरेको छ । त्यस्तै स्थानीय तहमा जीवनको लामो समय सेवा गरेका अस्थायी,करार र ज्यालादारी कर्मचारीहरुलाई प्रक्रिया पुर्याई स्थायी गर्नु पर्ने र उक्त दरवन्दीमा अर्को पदपुर्ति नगरिने सुनिश्चितता गर्नु पर्ने, स्थानी तहमा कार्यरत कर्मचारीको अवकाशपछि पाउने सेवा सुविधाका बारे प्रदेश सरकार अन्र्तगत छुट्टै स्थानीय कर्मचारी कोषको व्यवस्था मिलाउन युनियनको माग छ ।

सम्बन्धित् समाचार