गृहपृष्ठ खबर यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करलाई नेपाल ल्याइयो

यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करलाई नेपाल ल्याइयो

यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर आज काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहका अनुसार उनलाई काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको छ । उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० मा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरुको भनाइ छ । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा उनी मुछिएका थिए ।

सम्बन्धित् समाचार