गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले ल्यायो ९५ करोड ९२ लाखको बजेट

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले ल्यायो ९५ करोड ९२ लाखको बजेट

गत असार १० गते नीति तथा कार्यक्रम पास गरेको कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले पुर्वाधार,स्वास्थ्य, शिक्षा र रोजगारलाई जोड दिदै ९५ करोड ९२ लाखको बजेट स्वीकृत  गरेको छ । उप प्रमुख मीरा चौधरीले पेश गरेको बजेट नगर सभाले स्वीकृत गरेको हाे । बजेट मध्ये ५८ दशमलव ८ प्रतिशत भौतिक पुर्वाधारमा रहेकाे छ ।

आर्थिक विकासमा ४ प्रतिशत, सामाजिक विकास तर्फ १० दशमवल नौ प्रतिशत, वन तथा वातावरण तर्फ ५ दशमलव ४, पारिश्रमिक तथा कार्यालय संचालनमा २० दशमलव ६, संस्थागत विकास तथा मानव संसाेधन तर्फ शुन्य दशमलव २ प्रतिशत बजेट बिनियोजन गरिएको मेयर केशव कुमार श्रेष्ठले बताए ।

मेयर श्रेष्ठले कोरोना भाईरसका कारण जारी लकडाउनले चालु आर्थिक बर्षमा बिकास निर्माणको काम प्रभावित भएको समेत बताए । उनले आगामी आर्थिक बर्ष पुार्वधार विकास, स्वास्थ्य, शिक्षा र रोजागरीलाई बिशेष प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको उनले बताए ।

सो अवसरमा नगरपालिकामा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय  अधिकृत अनिल पौडेलले बताए ।

सम्बन्धित् समाचार