कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ घर भएका विद्यार्थी नेता एवं युवा समाजसेवी शंकर प्रसाद न्यौपानेले आफ्ने ३०औं जन्मोत्सवमा आफ्नै वडाका क्यान्सर पिडित दिपक सुनारलाई आर्थिक सहयोग गरेका छन् । 
आर्थिक अभावका कारण उपचार गर्न नपाएका बाणगंगा नगरपालिका वडा नम्बर ७ का क्यान्सर पिडित दिपक सुनारका लागि उपचारमा सहज होस् भन्नका लागि न्यौपानेले सहयोग गरेका हुन् ।
केही हप्ता अगाडि वैखरी अनलाइन मार्फत भिडियो सामाग्री प्रसारण भएपछि सहयोगी हातहरू पिडितको उपचारका निमित्त अर्थ संकलनमा जुट्न लागेका छन् ।
विभिन्न सहयोगदाताहरू मार्फत उपचारका निमित्त रकम संकलन भएको छ साथै उपचारका निमित्त ठूलै धनराशी आवश्यक पर्ने हुँदा परिवारले थप सहयोगको निमित्त अनुरोध समेत गरेको छ ।








