गृहपृष्ठ खबर कपिलवस्तुमा बिद्यतु कर्मचारीमा कोरोना पुष्टि भएपछि तौलिहवा वितरण केन्द्र नै सिल

कपिलवस्तुमा बिद्यतु कर्मचारीमा कोरोना पुष्टि भएपछि तौलिहवा वितरण केन्द्र नै सिल

बिद्युत कर्मचारी समेत कोरोना संक्रमित भए पछि नेपाल बिद्यूत प्राधिकरण तौलिहवा बितरण केन्द्र सिल गरिएको छ । प्राधिकरणले सुचना जारी गर्दै आगामी साउन ३२ गते सम्मकालागि प्राधिकरण सिल गरिएको हो । बिहीवार प्राधिकरणको मिटर शाखामा कार्यरत हेल्पर संक्रमित भएको पुष्टी भए पछि प्राधिरकरण सिल गरिएको केन्द्रका प्रमुख जय कुमार यादवले बताए ।

आफना कर्मचारी कोरोना संक्रमित भएको र जनताासंग प्रत्यक्ष संपर्कमा रहेर काम गनुृ परकोले प्राधिकरणका कर्मचारी कोरोनोका उच्च जोखिममा रहेको उनले बताए । संक्रमित हेप्पर आफनै निवासमा बसेका छन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख यादवले बताए । उता बुधवार संक्रमित भएका लक्ष्मी बैकका कर्मचारी दिनहु प्राधिकरणमा संकलमित रकम लिन आउने गरेका थिए । प्राधिकरणमा काम गर्ने सबै कर्मचारीको पिसिआर परिक्षणकालागि जिल्ला स्वास्थ्य कार्यालयलाई आग्रह गरिएको प्रमुख यादवले बताए ।

उता समुदायस्तर मै कोरोना फैलिएको भन्दै प्रशासनले अत्षावश्यक सेवा बाहेकका सबै सेवाहरु आगामी साउन ३२ सम्मकालागि सिल गरेको छ । जिल्लामा ८ कैकका १६ कर्मचारी समेत कारोना संक्रमति भएपछि जिल्लाभरका बैकिङ सस्थाहरु समेत बन्द गरिएका छन । जिल्लामा ८ सय ४० संक्रमित छन ।

त्यस मध्ये ७ सय ५५ जना निको भई घर फर्कका छन । जिल्लामा अहिले समुदायस्रतको कारेोना अवस्था पत्ता लगाउन तीब्र गतिमा  नमुना स्वाब सकलन जारी छ । बिहीवार कृषि विकास बैक तौलिहवामा कार्यरत नासु स्तरका कर्मचारी समेत कोरोना संक्रमित पुष्टी भएको थियो । संक्रमित भएको खबर बाहिर आउदा यशोधरा गाउपालिकाको सोमडीह घर भएका नासु बिरामी भएर उपचारकालागि भारतको नौगढ गएका थिए । उपचार पछि अहिले भने उनी घर फकैको कृषि विकास बैक श्रोतले जनाएको छ ।

सम्बन्धित् समाचार