गृहपृष्ठ खबर बुटवलको अवस्था भयावह बन्दै, एउटै वडामा थपिए १७ कोरोना संक्रमित

बुटवलको अवस्था भयावह बन्दै, एउटै वडामा थपिए १७ कोरोना संक्रमित

बुटवल उपमहानगरपालिकाका १९ मध्ये १७ वटा वडामा कोरोना संक्रमण फैलिएको छ । बुधबारसम्मको तथ्यांक अनुसार वडा नंं ७ र १८ मा संक्रमित भेटिएका छैनन् । ७० हजार बढी जनसंख्या भएको वडा नंं. ११ मा कोरोना संक्रमितको संख्या पनि सबैभन्दा धेरै ५२ पुगेको छ । बुधबार मात्रै वडा नंं. ११ मा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार बुधबार वडा नंं.१३ का ६ जना, वडा नंं. ६ का ४ जना, वडा नं. ४ का २ जना तथा वडा नंं. ३, १२ र १५ मा एक-एकजना संक्रमित थपिएका छन् ।

बुधबार थपिएका ३२ जनामध्ये एकजना उपमहानगरपालिकाकै कर्मचारी हुन् । यसअघि उपमहानगरपालिकाका दुई अधिकृतसहित चारजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । बुटवल उपमहानगरपालिकामा देखिएका १ सय २७ जना संक्रमितमध्ये १०१ जना सक्रिय संक्रमित रहेका छन् । बुटवलमा हालसम्म वडा नंं ११ पछि वडा नं १३ मा २२ जना, वडा नंं ६ मा १२ जना, वडा नंं। १० मा ९, वडा नंं ८ मा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै वडा नंं १, २, ३, १४ र १७ मा २–२ जना, वडा नं। ४ मा ४ जना, ५ मा ३ जना, वडा नंं ९, १५,१६ र १९ मा संक्रमितको संख्या एक–एक जना रहेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

सम्बन्धित् समाचार