गृहपृष्ठ खबर रूपन्देहीमा कोरोना संक्रमितकै दाहसंस्कारमा झन्डै ४ सय मलामी सामेल

रूपन्देहीमा कोरोना संक्रमितकै दाहसंस्कारमा झन्डै ४ सय मलामी सामेल

बुटवल : कोरोना महामारीपछि सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन जारी गरेको छ। कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा मुलुकभर लकडाउनसमेत भइरहेको छ। तर, रूपन्देहीको रोहिणी गाउँपालिकामा भने कोरोना संक्रमितकै दाहसंस्कारमा झन्डै ४ सय मलामी सामेल भएका छन्।

 

स्वास्थ्य संवेदनशीलतामाथि खेलवाड र निर्देशन अवज्ञा गर्दै स्थानीय तहका जनप्रतिनिधिसमेत मलाम पुगे। रूपन्देहीको रोहिणी–३, धकधई निवासी नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मि श्रको दाहसंस्कारमा ठूलै भीड उर्लियो।

मधुमेह र उच्च रक्तचापको समस्या भई केही दिनदेखि बिरामी परेका उनलाई शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनहामा मृत्यु भयो। मृत्युपछि उनमा कोरोना छ छैन भन्ने आशंका गर्दै बुटवलको निजी प्रयोगशालामा स्वाब परीक्षणका लागि पठाइएको थियो।

स्वाब परीक्षणको रिपोर्ट नआउँदै परिवार र आफन्तहरूले शवको अन्तिम संस्कार सुरु गरे। आइतबार बिहान ११ बजेतिर शव घरबाट घाटतर्फ लगियो। परिवार, आफन्तसहित झन्डै ४ सय जति मलामी शवको पछि लागे। जलाउनै लाग्दा उनमा कोरोना पोजेटिभ आएको खबर रोहिणी घाटमै पुग्यो। मलामी भागाभाग गरे।

सम्बन्धित् समाचार