कपिलवस्तु भदौ ८/
जुम्लाको पाप्राचि गाउँपालिका वडा नम्बर ४ पट्यौकामा चट्याङमा परि ५ सय भन्दा बढी भेडा मरेका छन् ।
सोमबार दिउँसो तिनबजे तिर परेको चट्याङमा परि बनमा चराउन लगेका ५ सय ३१ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामिले बताए । स्थानीय ११ जना किसानले पालेका भेडा चट्याङमा परि एकैठाउ मरेको धामिले जानकारी दिए ।
घटनास्थल प्रहरी चौकी पाटनदेखि ५ घण्टा उत्तर पुर्वमा पर्दछ । भेडाहरु चट्याङमा परेपनी चराउन लगेका किसानहरु भने सुरक्षित रहेको धामिले जानकारी दिए ।