गृहपृष्ठ खबर लुम्बिनी प्रादेशिक अस्पतालका थप १ जना कर्मचारीमा कोरोना पुष्टि

लुम्बिनी प्रादेशिक अस्पतालका थप १ जना कर्मचारीमा कोरोना पुष्टि

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार अस्पतालको प्रशासन शाखामा कार्यरत १ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै अस्पतालकै स्टोर शाखामा कार्यरत २ जनामा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार बिहानसम्म स्वास्थ्यकर्मी र कर्मचारी गरी १० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ७जना स्वास्थ्यकर्मी हुन् भने ३ जना प्रशासनका कर्मचारी हुन्।

सम्बन्धित् समाचार