गृहपृष्ठ अर्थ/वाणिज्य लुम्बिनी लर्निङ सेन्टरद्धारा मृगौला पिडित गैरेलाई आर्थिक सहयोग

लुम्बिनी लर्निङ सेन्टरद्धारा मृगौला पिडित गैरेलाई आर्थिक सहयोग

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिकामा अवस्थित लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.ले मृर्गौला पिडितलाई सहयोग रकम प्रदान गरेको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका १० निवासी सन्तोष गैरेलाई सेन्टरले ५ हजार २५ रुपैया प्रदान गरेको हो । २४ वर्षिय गैरेको दुबै मृर्गौला फेल भएको पारिवारिक स्रोतले बताएको छ ।
सन्तोषको हाल गौतमबुद्ध मुटु अस्पताल रुपन्देहीमा उपचार भईरहेको छ । दुबै मृर्गौला फेल भएकाले मृगौला प्रत्यारोपण गर्नुपर्ने र पारिवारको आर्थिक अवस्था पनि अत्यन्त न्यून भएकाले गैरेलाई आर्थिक सहयोग गरेको लुम्बिनी लर्निङ सेन्टरका प्रबन्ध निर्देशक असिम क्षेत्रीले बताउनुभयो ।

आफुले सहयोग गरेको रकमले पिडित परिवारलाई केहि राहत मिल्ने भन्दै समस्यामा परेका दिनदुखि जो कोहीलाई सहयोग गरी एक मानवीय दायित्व पुरा गर्नु गर्ने उहाँले बताउनुभएको छ ।

सानो सहयोगले पनि मृगौला प्रत्यारोपणमा सहज हुने भन्दै सबैलाई आफुसक्दो सहयोग गर्नका लागी परिवारले आग्रह गर्दै आएको छ ।

सम्बन्धित् समाचार