गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंको प्रेस सल्लाहकारमा पौडेल मनोनित, कसले के के जिम्मेवारी पाए ?

कपिलवस्तु उद्योग बाणिज्य सघंको प्रेस सल्लाहकारमा पौडेल मनोनित, कसले के के जिम्मेवारी पाए ?


वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको प्रेस सल्लाहकारमा वैखरी अनलाइन मिडियामा प्रधान सम्पादक अशोक पौडेल मनोनित भएका छन । आज बसेको तेस्रो पुर्ण बैठकले पौडेललाई प्रेस सल्लाहकारको जिम्मेवारी प्रदान गरेको हो ।

त्यस्तै बैठकले अन्य बिभिन्न पदमा मनोनित समेत गरेको छ । जसमा कार्यसमितिको बिशिष्ठ सदस्यमा पुर्व अध्यक्ष समेत रहेका बिष्णु प्रसाद न्यौपाने रहेका छन भने सदस्यमा गजेहडाका लक्ष्मण शर्मा, बनगाईका राजकुमार श्रेष्ठ र कुशल पौडेल , जितपुरकी बिमला श्रेष्ठ र ओदारीका धिरेन्द्र अधिकारी मनोनित भएका छन । त्यस्तै कानुनी सल्लाहकारमा गुणनिधि भुसाल, लेखासमिति संयोजकमा मोहन न्यौपाने , लेखा समिति सदस्यमा लिलापति घिमिरे र सुधामा बस्याल लाई मनोनित गरिएको हो । यसैबिच सल्लाहकारमा कृष्णराज अर्याल मनोनित भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।

यसैबिच

कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा प्रकाशित भित्तेपात्रो विमोचन

सम्बन्धित् समाचार