गृहपृष्ठ खबर ललितपुरद्धारा बुटवल पराजित, फाइनल प्रवेशका लागि काठमाडौंसँग भिड्ने

ललितपुरद्धारा बुटवल पराजित, फाइनल प्रवेशका लागि काठमाडौंसँग भिड्ने

काठमाडौं : नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीले प्लेअफमा बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ। ललितपुरले बुधबार दशरथ रंगशालामा भएको खेलमा बुटवललाई १-० गोलले पराजित गरेको हो।

अब ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। हारपछि बुटवल भने बाहिरिएको छ।

यसअघि धनगढी एफसीले काठमाडौंलाई हराएर फाइनलमा स्थान बनाएको थियो। बुधबार ललितपुरलाई जित दिलाउन कप्तान अन्जन विष्टले निर्णाय गोल गरे।

उनले खेलको ६२ मिनेटमा हेडमार्फत गोल गरे। दोस्रो हाफमा बुटवलका करिमको प्रहार पोलमा लागेर फर्कन टिमका लागि दुर्भाग्य साबित बन्यो।

सम्बन्धित् समाचार