वैखरी अनलाइन
आज एक कार्यक्रमकाबिच कपिलवस्तुको बाणगंगामा नगरपालिकालाई र कपिलवस्तु सामुदायिक अस्पताललाई २४ थान अक्सीजन सिलिण्डर प्रदान गरिइएको छ । बाणगंगामा नगरपालिकालाई र कपिलवस्तु सामुदायिक अस्पताललाई १२ ÷ १२ वटाका दरले २४ थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो ।
कोरोना महामारीकोसंगै मुलुकमा बढ्दो संक्रमण र मृत्युदरलाई रोक्नको लागि बाणगंगाका बिभिन्न संघसंस्थाको सक्रियतामा स्थापना भएको बाणगंगा विपद् ब्यवस्थापन संजाल स्थापना गरिएको थियो ।
सो संजालले बिभिन्न व्यक्ति, वन, संघसंस्था आदिबाट सहयोग लिई अक्सिजन सिलिण्डर लगायतका सामग्री संकलन गरिरहेको छ । सो सिलिण्डर करिब ६ लाख बराबरको रहेको पनि कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिमला घिमिरेले नगरमा अक्सिजन अभाव टार्न र कसैको पनि अक्सिजन अभावकै कारणले मृत्यु भयो भन्ने खबर सुन्न नपरोस् भन्ने उदेश्यले गरिइएको कामले नगरपालिकालाई सामुदायिक अस्पताललाई ठुलो राहत पूग्ने बताइन । अव मन्दीर नभई अस्पतालमा बनाउनमा बजेट लगाउने पर्ने समेत उनले बताइन ।
सिलिण्डर ग्रहण गर्दै नगर प्रमुख थारुले संजालले निकै राम्रो काम गरेको भन्दै प्राप्त सिलिण्डरको सही ठाउँमा सदुपयोग हुने बताए ।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष तथा नगरको अकिसजन सिलिण्डर ब्यवस्थापन समिति संयोजक गणेश बहादुर क्षेत्रीले अव नगरमा अक्सीजन सिलिण्डरको अभावका कारण कसैको मृत्यु नहुने बताए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा संजालका संयोजक डोलकराम घिमिरेको अध्यक्षता, अस्पतालका महासचिव पोमनारायण पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा कपिलवस्तु सामुदायिक अस्पतालका कार्यबाहक अध्यक्ष रामप्रसाद गैरे, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्य, मनकामना सामुदायिक बनका अध्यक्ष अमित पौडेल, खोजिपुर सामुदायिक वनका अध्यक्ष दीपक थापा लगायतले आआफनो धारणा राखेका थिए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा संजालका संयोजक डोलकराम घिमिरेले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा थप लागी पर्ने बताए ।








