मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, प्रदेश २ बागमती, गण्डकी, कर्णाली प्रदेशमा बदली हुने जानकारी दिएको छ । आज दिउँसो र राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव छ । अहिले देशका पहाडी भू-भागमा बदली भइरहेको महाशाखाले जनाएको छ ।
भोलि (बुधबार) देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने छ ।
त्यस्तै बिहीबार देशभर बदली रही केही स्थानमा वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।








