गृहपृष्ठ Featured धनुषामा पुल बनाउन खनिएको खाल्डोमा स्कारपीओ खस्यो, एक जनाको मृत्यु, पाँच घाइते

धनुषामा पुल बनाउन खनिएको खाल्डोमा स्कारपीओ खस्यो, एक जनाको मृत्यु, पाँच घाइते

धनुषामा आज बिहानै सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी महोत्तरीको भङ्गहा नगरपालिका– ९ बस्ने दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

दुर्घटनामा परी घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । उनीहरूको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ ।

आज बिहान ५ बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेटको स्कारपीओ पीकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार