नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै सोही अवधिमा नेपालमा १ हजार ९१६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशतमा झरेको मन्त्रालयले जनाएको छ ।
नेपालमा आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ पुगेको छ ।
नेपालमा २४ घण्टामा २८ हजार ९४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो डोज लगाउनेको संख्या ३९ लाख ३६ हजार ७२४ पुगेको छ भने दुवै डोज लगाउनेको संख्या १७ लाख ४५ हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ ।








