गृहपृष्ठ खबर भारतमाथि श्रीलंकाको रोमाञ्चक जित

भारतमाथि श्रीलंकाको रोमाञ्चक जित

एसिया कप टी-२० क्रिकेटमा भारतमाथि श्रीलंकाले रोमाञ्चक जित हात पारेको छ।

सुपर फोरको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा श्रीलंकाले भारतलाई ६ विकेटले हरायो। भारतको भने यो लगातार दोस्रो हार हो। यसअघि सुपर फोरको पहिलो खेलमा भारतलाई पाकिस्तानले हराएको थियो।

मंगलबार भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले एक बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पार गर्‍यो।

उसका लागि कप्तान दसुन शनकाले नटआउट ३३ रन र भानुका राजापाक्षाले नटआउट २५ रन जोडे। दुई बीच ५.४ ओभरमा ६४ रनको साझेदारी भएपछि श्रीलंकाले रोमाञ्चक जित निकाल्यो।

त्यसअघि ओपनरद्वय पाथुन निशंकाले ५२ रन र कुशल मेन्डिसले ५७ रनको योगदान गरे।

बलिङमा युजवेन्द्र चहलले तीन विकेट लिए पनि भारतका अरु बलर चल्न सकेनन्।

पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १७३ रन जोड्यो। उसका लागि कप्तान रोहित शर्माले ७२ रन जोडे।

केएल राहुल ६ रनमा आउट हुँदा विराट कोहली शून्यमा आउट भए। सूर्यकुमार यादवले ३४ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्।

बलिङमा श्रीलंकाका दिलशन मधुशंकाले ३ विकेट लिए।

सम्बन्धित् समाचार