गृहपृष्ठ Featured ‘लुम्बिनी पिस हाफ म्याराथन’ प्रतियोगिता सुरु

‘लुम्बिनी पिस हाफ म्याराथन’ प्रतियोगिता सुरु

बुटवल ।

‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिता सुरु  भएको  छ। अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले  प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा देशभरका २ हजार ५ सय ५० महिला र पुरुष खेलाडी मैदानमा उत्रिएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीमा शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्रबहादुर घले, बिमला राना र मोहन घलेलाई दिएर प्रतियोगिता सुरु गरेका हुन् । उनी एकेडेमीका संरक्षक पनि हुन् ।

मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ ।

महिलातर्फ प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् । दुवै विधामा दसौंसम्मका लागि नगद पुरस्कार राशिसँगै प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ।

सम्बन्धित् समाचार